रेडिअन्ट र ओएसिस सेमिफाइनलमा



काठमाडौं । रेडिअन्ट पब्लिक र ओएसिस नवौं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रेडिअन्टले आयोजक आयोजक द एक्सेल्सियर स्कुललाई ४५–१६ ले पराजित ग¥यो । रेडिअन्टको जितमा सुवास गौतमले १९ अंक योगदान गरे । सुरेश मगरको २६ अंक सहयोगमा ओएसिसले नेपालयलाई ४६–२४ ले हरायो । लिग खेलमा जेनिथले क्लिनटनमाथि ४३–८ को सहज जित दर्ता ग¥यो । जेनिथका सुशिल शाहीले ८ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलमा काष्ठमण्डपले न्यु इरालाई ३२–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । काष्ठमण्डपकी आशा अर्यालले १४ स्कोर गरिन् । रेडिअन्ट पब्लिकले पाठशाला नेपाललाई २४–४ तथा संस्कृतिले न्यु जेनिथलाई २९–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । रेडिअन्टकी दिब्यान्शा कार्कीले १९ तथा संस्कृतिकी समृद्धि शाहले ८ अंक बटुले ।

ब्वाइज फुटबल :
यु–१६ उमेरसमूहमा दोहोरो जित निकाल्दै एलआरआई क्वाटरफाइनलमा पुग्यो । एलआरआईले एनआईसी एकेडेमीलाई २–१ गोलले पराजित ग¥यो । एलआरआईका रुपेश मगर र निक्सन निरौलाले १–१ गोल गरे । एनआईसीका अनिश जोशीले १ गोल फर्काए । अर्को खेलमा एलआरआईले विद्या संस्कारलाई ३–२ गोलले हरायो । विजेताका अंकित महर्जनले २ तथा विनायक भण्डारीले १ गोल गरे । विद्या संस्कारका आदित्य शाहले २ गोल गरे ।

यु–१२ मा संस्कृति र रेडिअन्टले क्वाटरफाइनल यात्रा तय गरे । संस्कृतिले द चाँदबाग स्कुललाई ३–१ गोलले निराश पा¥यो । संस्कृतिका सौरभकृष्ण मल्लले २ तथा सहज भण्डारीले १ गोल गरे । रेडिअन्टले पनि चाँदबागलाई नै हराउने क्रममा ५–२ को नतिजा निकाल्यो । रेडिअन्टका लागि सम्भव सबै गोल रिडिज मोक्तानले गरे । चाँदबागका युभ्की गुरुङले १ गोल गरे भने एक गोल आत्माघाती थियो ।

प्रतिक्रिया दिनुहोस्