उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै



काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । यद्यपि समय भने तोकि नसकिएको बताइएको छ । आजको बैठकमा राष्ट्रपति निर्वाचनको लागि सत्तारुढ दलहरुबाट उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्