अनेरास्ववियुको अध्यक्षमा वाङ्छु योञ्जनको दावी !



काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा वर्तमान उपाध्यक्ष वाङ्छु योञ्जनले अध्यक्षमा दावी पेश गरेका छन् ।

२०५७ सालमा बानेश्वर क्याम्पस कमिटी सदस्य बनेका योञ्जन २०५८ सालपछि कोषाध्यक्ष हुँदै क्याम्पस कमिटी अध्यक्ष बनेका थिए ।

२०६० सालमा अनेरास्ववियुबाट बानेश्वर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा सह–सचिव निर्वाचित भएका योञ्जन २०६२ सालमा सम्पन्न स्ववियु निर्वाचनमा सचिवमा निर्वाचित भएका थिए । २०५९ सालदेखि अनेरास्ववियु काठमाडौं भूगोल जिल्ला कमिटीको सदस्य बनेका उनी ६ बर्ष काठमाडौंका विभिन्न विद्यालयहरुमा अनेरास्ववियुको स्कूल कमिटी गठन गर्दै ग्रासरुट तहमा अनेरास्ववियुलाई स्थापित गर्न भूमिका निर्वाह गरेका थिए ।

अहिले अनेरास्ववियु केन्द्रिय कमिटीको उपाध्यक्ष रहेका योञ्जनले आफू अध्यक्षको सशक्त दावेदार रहेको परिवर्तन खबरलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्