काठमाडौं । काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा बिहीबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बन्यो ।
स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको गल्र्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झीनो अन्तरले पराजित ग¥यो ।काष्ठमण्डपकी हस्ना अर्यालले ८ स्कोर गरिन् ।
यु–१२ ब्वाइज फुटबलको फाइनलमा काष्ठमण्डपले आयोजक एक्सेल्सियरलाई २–१ गोलअन्तरले हरायो । काष्ठमण्डपका लागि दुवै गोल सुप्रिम बोहराले गरे । एक्सेल्सियरका कृष पाण्डेले १ गोल फर्काए ।
यु–१६ ब्वाइज फुटबलमा न्यु इराले उपाधि चुम्यो । न्यु इराले उपाधि भिडन्तमा ग्रिनफिल्ड नेसनल स्कुललाई १–० गोलले पाखा लगायो । न्यु इराका पेम्बा तामाङले निर्णायक गोल गरे ।
सिनियर ब्वाइज बास्केटबलमा स्वर्ण जितेको जेनिथले फाइनलमा रेडिअन्ट पब्लिकमाथि ६८–५८ को जित दर्ता ग¥यो । जेनिथका सुशिल शाहीले ३४ स्कोर गरे ।
सिनियर ब्वाइज बास्केटबलको ब्वाइजमा जेनिथका सुशिल शाही तथा गल्र्समा काष्ठमण्डपकी रिया राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा क्लिन्टन तथा गल्र्समा पाठशाला नेपाल फाउन्डेसन अनुशासित टिम बने ।
यु–१६ फुटबलमा न्यु इराकाद्वय पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा निरोभ रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए । श्री सञ्जय साइ अनुशासित टिम ठहरियो । यु–१२ फुटबलमा काष्ठमण्डपका सहज ढकाल उत्कृष्ट खेलाडी तथा एक्सेल्सियरका अन्शुमान वैद्य उत्कृष्ट गोलरक्षक बने । रिब्सले अनुशासित टिमको उपाधि पायो ।
विजेतालाई पूर्व सांसद् गीता राणा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, एक्सेल्सियरका प्रबन्ध निर्देक राम बस्नेत, प्रतियोगिता संयोजक महेशमल्ल ठकुरी, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज/गल्र्समा समान १३–१३ टिम सहभागी थिए । फुटबलको यु–१२ मा १४ तथा यु–१६ मा १६ टिमले भाग लिएका थिए ।