काठमाडौं । निर्मल ज्योतिले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा निर्मल ज्योतिले पाणिनीलाई ४–० गोलले पराजित ग¥यो । समर्पण थापाले ह्याट्रिक पूरा गरे भने सागर मगरले १ गोल गरे ।
अन्य खेलमा टाइमलाइन, मनकामना, मोनास्टिक र कौतिल्यले सफलता हात पारे । टाइमलाइनले सीबीआईएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । मनकामनाले श्रमशीलमाथि ५–० को सहज जित दर्ता ग¥यो । मनकामनाका अनिश डंगोलले ह्याट्रिक गरे भने नितेश तामाङ र सुनिल डंगोलले १–१ गोल थपे ।
मोनास्टिकले हाइल्यान्डलाई २–० गोलले पाखा लगायो । मोनास्टिकका लागि दुवै गोल ओस्नन् तामाङले गरे । कौतिल्यले अक्षरिकालाई १–० गोलले पाखा लगायो । पदमराज खड्काले निर्णायक गोल गरे ।