नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न, आर्थिक सहयोगलाई सुदृढ गर्न सहमत



काठमाठौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

काठमाडौँस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७-७ जनाको टोली उपस्थित रहेको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन ।

प्रतिक्रिया दिनुहोस्