पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट थोरै लगानीमा धेरै विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उनले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताएका हुन् ।

मन्त्री किरातीले आम जनताका भावना, सरोकारबालाको सुझाव र यहाँको आवश्यकताका आधारमा नयाँ भवन तथा धावनमार्ग विस्तार शुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्