काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।
भारतको बेङ्गालुरु कर्नाटकामा आजदेखि सुरू भएको ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा रक्षामन्त्री उप्रेतीले भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।
भारत सरकारको निम्तोमा उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए ।