काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत यातायात मजदुरहरूलाई तत्काल हड्ताल फिर्ता लिन आग्रह गरेका छन्।
सिंहदरबारमा आज सरकार र यातायात मजदुरका प्रतिनिधिसँगको वार्तामा बोल्दै मन्त्री श्रेष्ठले तत्काल हड्ताल फिर्ता लिन आग्रह गरेका हुन्।
उनले यातायात क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गरिने प्रतिबद्धता जनाएका छन्।
सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।