काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।