आईसीसी विश्वकप लिग : करणले दोस्रो विकेट लिएसँगै नेपाललाई पाँचौँ सफलता



काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका लागि करण केसीले व्यक्तिगत दोस्रो विकेटसँगै नेपालका लागि पाँचौँ विकेट लिएका छन् । करणले ४४ ओभर १ बलमा जान फ्रिलिङ्कलाई १३ रनमा बोल्ड आउट गराएका हुन् ।

यसअघि करणले नै ४०औँ ओभरको अन्तिम बलमा जान निकोललाई ८ रनमा क्याच आउट गराउँदै नेपालका लागि चौथो विकेट लिएका थिए । नामिबियाले ४५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २३३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्