पाँचदलीय गठबन्धनले बहुमत ल्याउन सकेन : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धनले बहुमत ल्याउन नसकेको बताएका छन् ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘पाँचदलीय गठबन्धनले बहुमत ल्याउन नसकेको र एमालेले सोचेजस्तो मत नल्याएपनि कमजोर नभएको बताएका हुन् ।

उनले भने, ‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो पार्टी अध्यक्षले गर्नुभयो । नेपालको राजनीतिमा अराजतकता छ । राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने हामीले अवसरवादमाथि विजयी हासिल गर्नुपर्छ ।’

गठबन्धन भत्काएर नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्