आइसिसी विश्वकप लिग : नामिबियाविरुद्ध नेपालको जित



काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछानले विकेट लिएका हुन् । उनले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन् ।

पावरप्ले लगत्तै बलिङ गरेका लामिछानले २४ बलमा १३ रन बनाएर खेलिरहेका कार्ललाई बोल्ड गरेका हुन्।

स्पिनर सन्दीप लामिछाने बलात्कारको आरोप लागेपछि पहिलो पटक टोलीमा फर्किएका छन्।

यसअघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए।

उनले तेस्रो ओभरको पाँचौ बलमा नामिबियाका ओपनर लो( हान्ड्रे लुरेन्सको विकेट लिए। १३ बल खेलेका उनले १ चौकासहित ५ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्