अध्यक्ष ओलीले भने : देश बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन्



काठमाडौं । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् ।

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, संसद्को बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्छ । देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने पनि उनले बताए ।

कथंकदाचित यो अवस्था फेरियो भने, संसद्को बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसद्‌मा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन् ।’

प्रतिक्रिया दिनुहोस्