काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूलाई असफल हुने छुट नभएको बताएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भने, “योपटक हामीलाई असफल हुने छुट छैन । राष्ट्र र जनताका पक्षमा अर्थतन्त्रमा देखिएको संकटलाई समाधान गर्ने पक्षमा सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनैपर्दछ,” उनले भने, “त्यसका निम्ति तपाईं हामी सबैको सामूहिक पहल चाहिन्छ ।”
प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबिना आर्थिक क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा पुग्न नसकिने बताएका छन् ।