अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं : माधव नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन ‘खिचडी गठबन्धन’ भएको बताएका छन् ।

पोखरामा आज बिहान आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले भने, अहिलेको सत्ता गठबन्धनको आलोचना गर्दै ‘खिचडी गठबन्धन’को संज्ञा दिएका हुन्, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन ।’ परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको पनि नभएको उनले बताएका हुन् ।

नेता नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं ।’ राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले सो धारणा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्