नेपालमा वार्षिक चारहजार भन्दा बढी मानिसको सडक दुर्घटनामा मृत्यु : योगेश भट्टराई



काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नेपालमा वार्षिक चार हजारभन्दा बढी मानिसको मृत्यु सडक दुर्घटनामा परेर हुने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विश्वमा सडक दुर्घटना कम गर्न विभिन्न काम गरिएको भन्दै नेपालमा भने दुर्घटना बढिरहेको बताएका हुन् ।

उनले सडक दुर्घटनामा परी नेपालमा धेरै युवाले ज्यान गुमाउँदै गएको तथ्यांक प्रस्तुत गरे ।

“नेपाल प्रहरीले पनि तीन हजार बढी भएको तथ्यांक देखाउँछ । यसबाट वार्षिक ३ प्रतिशत जीडीपी गुमाएको तथ्यांक छ । यो डरलाग्दो तथ्यांक छ । दुईपांग्रे सवारीचालकको मृत्यु ५० प्रतिशत छ । सडक दुर्घटनाबाट युवा उमेर समूहका मृत्यु हुने गरेको छ,” उनले भने ।

संयुक्त राष्ट्रसंघ ‘रोड सेफ्टी’ र मृत्युदर घटाउन लागिपरेको भए पनि नेपालमा बढिरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्