काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने को हो भनेर प्रश्न गरेका छन् ।
“यदि सरकार छ भने प्रहरीलाई निकम्मा बनाउने आज को हो ? यो देशमा गृह मन्त्रालय किन खाली ? प्रधानमन्त्री सबै मन्त्रालय हुने हो भने अरु मन्त्रालय किन बनाएको ? सबै मन्त्रालय प्रधानमन्त्रीलाई दिएर खाली गरे भैगोनी,” शाहीले भने ।
प्रधानमन्त्री निवासभन्दा तीन किलोमिटर अगाडी लुटपाट हुनु र प्रहरी निकम्मा बसेको उनले बताएका हुन् ।