लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन गम्भीर छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा गम्भीर रहने बताएका छन् ।

बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग सिंहदरबारमा भएको छलफलका क्रममा लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा गम्भिर रहेको उनले बताएका हुन् ।

उनले भने, “राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ । यो सरकार मानवअधिकारप्रति संवेदनशील छ । आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।”

आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाइने बताएका छन् । उनले आयोगलाई बलियो बनाइने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्