काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व निर्वाचनमार्फत चुनिने भएको छ।
अनेरास्ववियुको जारी २३ औं महाधिवेशनको निर्वाचन कमिटीका अनुसार १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष र महासचिवका लागि ५–५ जनाले उम्मेदवारी दिएका छन् ।