नेता झलनाथ खनाल आज भारत प्रस्थान



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन् ।

भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११ औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्