काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याउन थालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । पहिलो ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।
स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।