स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्यान्डमाथि नेपालले जित हासिल गरेको छ ।

मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको हो ।

स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो ।

नेपालले ७७ रनमा ५ विकेट गुमाइसकेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै तीन विकेटको जित निकाल्न सफल भयो । सातौं नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रसिंह ऐरीले संयमित पारी खेल्दै अविजित ८५ रन बनाएर नेपाललाई जितसम्म डोहोर्याए ।

त्यसअघि पाचौं नम्बरमा आएका कुशल मल्लले स्कटल्यान्डमाथि काउन्टरअट्याक गर्दै विष्फोटक इनिङ खेलेका थिए । उनी ६७ बलमा ८१ रन बनाएर आउट भए जसमा ४ छक्का र ९ चौका समावेश थिए ।

प्रतिक्रिया दिनुहोस्