राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने जसपा कार्यकारिणी समिति बैठकको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिबारे निर्णय लिन हतार नगर्ने भएको छ ।

आज बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टीको ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘राष्ट्रपतिबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन । कुनै पार्टीले अहिलेसम्म उम्मेदवार नै नटुंग्याएको अवस्थामा हामीले त्यसबारेमा थप छलफल गर्न आवश्यक छैन ।’

विचार र सिद्धान्त मिल्नेहरुसँग एकता गर्दै जानेमा पार्टीले नीति बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्