काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।
बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदूत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।
‘कोटेश्वरस्थित अध्यक्ष नेपालको नीजी निवासमा आज दिउँसो भएको भेटमा अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ।
उनका अनुसार राजदूतले नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।