ललितपूर जिल्लामा नेकपा एमालेको मिशन ग्रासरुट प्रारम्भ



काठमाडौं । नेकपा एमालेले संचालन गरेको मिशन ग्रासरुट ललितपुर जिल्लामा प्रारम्भ भएको छ ।

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सूरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय प्रतिनिधि र जिल्ला पदाधिकारीहरुलाई अभियानबारे प्रमुख अतिथि पाण्डेले निर्देशनात्मक सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टी सचिव गोकर्ण विष्ट, बागमती प्रदेश ईञ्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष केशवराज पाण्डे र बागमती प्रदेशका सह–ईञ्चार्ज धर्मदत्त देवकोटाले सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।

नेकपा एमालेले संचालन गरेको मिशन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानको रुपमा फागुन ५ गते सुरु भई २०८० वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्