आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् ।

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताएका हुन् ।

यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक रुपले बढी बजेट राख्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए ।

उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्ने सरकारको योजना रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्