विराटनगर । प्रदेश नम्बर–१ को नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको आज बस्ने बैठकमा प्रस्तुत गरिने भएको छ । दलहरूबीच भएको सहमतिअनुसार नामसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरिनेछ । प्रदेशसभा बैठक अहिले बिहान ११ बजे बस्दै छ ।
प्रदेश–१ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले नामसम्बन्धी प्रस्ताव लैजाने तय भएको बताए । तर, कुनै एउटा नामका विषयमा दलहरूबीच छलफल नभएको उनले जानकारी दिए ।
“हाम्रो दलमा पनि यो अथवा त्यो कुन नाम राख्ने भन्ने विषयमा छलफल भएको छैन,” उनले भने, “हामी पनि आजै दलको बैठक राख्दै छौँ ।”