प्रचण्डले जनताले रुचाएको शासनको नेतृत्व गर्न चाहेनन् : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर देशको हितमा उभिन नसकेको आरोप लगाएका छन् ।

सहिद यदुकुमार गौतमको २४औँ स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रचण्डले जनताले रुचाएको शासनको नेतृत्व गर्न नचाहेको टिप्प्णी गरे ।

एमालेसँगको गठबन्धन बाह्रय शक्तिलाई मन नपरेको उनले जिकिर गरे । केही समयअघि शक्तिराष्ट्रका प्रतिनिधि नेपाल आउने क्रम बढेको र त्यसको नतिजास्वरूप समीकरण बदलिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्