काठमाडौं। सत्तागठबन्धनलाई थप विस्तार गर्ने विषयमा सत्ताघटकका दलहरुमा छलफल सुरु भएको छ ।
सत्तागठबन्धन दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्नसक्ने बताए ।
गठबन्धन विस्तार गर्ने छलफलको प्रारम्भ भएको छ । गठबन्धन ८ बाट १० पुग्ने सम्भावना छ,’ भुसालले भने, ‘डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी सम्मिलित हुँदा गठबन्धनमा नौ दल पुगेका छन् ।
राष्ट्रपतिको चुनावमा प्राविधिक तयारीका लागि मुख्य छलफल भएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा व्यवस्थापन विषयमा छलफल भएको उनले बताए ।