काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव हुने बताए हुन् ।
‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । उनले बिहीबार निर्वाचित हुने नयाँ राष्ट्रपतिले देशको हितको रक्षा, लोकतन्त्रको रक्षा जनताप्रति उत्तरदायी र संविधानको रक्षकको रुपमा काम गर्नुपर्ने बताएका छन् ।