काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।
बैठक भोलि बिहान ९ बजे बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।
एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेकोे एक पदाधिकारीले बताए । “सोझै हार्ने चुनाव के उठ्ने भन्ने कुरा पनि उठिरहेका छन् । उमेदवारी दिने नदिने भोलि नै निर्णय हुन्छ, ती पदाधिकारीले भने, “उमेदवारी नदिने सम्भावना धेरै छ । हामीले उठायौं भने महिला उमेदवार उठाउँछौं ।”