लुम्बिनी प्रदेशसभामा कांग्रेस सचेतकमा निमा गिरी नियुक्त



बुटवल । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतकमा नियुक्त गरिएको जानकारी गराएका हुन् ।

लुम्बिनी प्रदेशसभामा कांग्रेसका प्रत्यक्षतर्फका १७ र समानुपातिकतर्फका १० गरी २७ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्