उपराष्ट्रपतिमा विजयी भए इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु : रामसहायप्रसाद यादव



काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानको पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने र इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्ने बताएका हुन् ।

उनले भने, ‘संविधानमा राष्ट्रपतिरउपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्