भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताएका छन् ।
नेपाल स्वास्थ्य कर्मी युनियनको चौथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्र नागरिक स्वास्थ्य हुने बताएका हुन् ।
नेपालमा स्वास्थ्य कर्मी आफै आफ्नो हक हितका लागि लड्नु पर्ने बाध्यता रहेको छ, सङ्घ प्रदेश र स्थानीय तहको संरचनाको मारमा स्वास्थ्यकर्मी पनि परेका छन् । अहिलेको अवस्थामा स्वास्थ्य कर्मी आफै खुम्चनु पर्यो भने आम नागरिकको अवस्था के हुने यसको विषयमा सोच्नु पर्ने अवस्था आएको उहाँले बताए ।
उहाँले हाल सम्म पनि सङ्घीयता कार्यान्वयनको अवस्थामा नपुगेको बताउँदै यसको मार स्वास्थ्य क्षेत्रमा पनि परेको बताएका थिए ।
सङ्घीयता कार्यान्वयनको अलमलका कारण स्वास्थ्य, शिक्षा र रोजगारीमा असर परेको छ अझ कर्मचारीको समस्या त झन् ठुलो छ स्थायी सरकार अर्थात् कर्मचारीको समस्या त समाधान भएको छैन भने कसरी अरूको समस्यामा तीन तहका सरकार पुग्छन् भन्ने नै अन्योल भएको उनले बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्यका प्रमुख कृष्ण मिजारले स्वास्थ्य क्षेत्रमा भएको समस्या समाधानमा सबै मिलेर लाग्नु पर्ने बताए ।
अधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको थियो ।