काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कार मुद्दामा बुधबार पनि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुन सकेन ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका लागि पालो नआएको हो ।
कार्यालय समयको अन्तिम समयमा मुद्दा केहीबेर मात्रै हेर्न सकिने अवस्था रहेको अदालतका एक कर्मचारीले बताए ।
क्रिकेटर लामिछानेका कानुन व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।