काठमाडौँ । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज बेलुका ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको गठबन्धन बैठकले बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको छ । यद्यपि, केही सुझाव भए बेलुका ५ बजेसम्म दिन भनिएको उनले बताए ।
गठबन्धनले गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गर्न बैठक बसेको थियो ।