३ महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि मंगलबार एक जनाको मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्