काठमाडौं । मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो । सोमबार शान्तिवाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।
मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले घटनाप्रति दुःख व्यक्त गरे ।
उनका अनुसार मिटरब्याज पीडितहरु बसेको स्थानमा बाँसको भाटा तथा इँटा जम्मा भएको देखेपछि प्रहरीले सतर्कता अपनाएको बताए । त्यसक्रममा प्रहरीले गेट लगाएको र भित्रबाट इँटा प्रहार भएपछि दुखद घटना भएको श्रेष्ठले बताए ।