राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो ।

उनको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स)अस्पतालमा उपचार हुनेछ ।

बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको राष्ट्रपति सचिवालयले जनाएको छ । परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लैजान लागेको हो ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्