सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज



काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइएको छ । योसँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो । यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए । यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको छ ।

उनीहरू दुवै जनाको बकपत्र बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा गराइएको हो । यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डा. र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्