काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ ।
मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो ।
सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए । त्यसपछि जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाहा पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको थियो ।
चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै निर्वाचन कार्यालयले माइकिङ नै गरेको थियो । ‘उनीहरु आएपछि करिब एक घण्टापछि मतगणना सुरु भयो,’ स्रोतले भन्यो ।