काठमाडौँ । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
सूर्यप्रसाद ढकालले बाँकेमा हुने डुबान नियन्त्रणका लागि पहल गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हालै भएको आगलागीबाट भएको पीडितलाई राहत उपलब्ध गराउन मा गर्दै उनले बाँकेमा हुने डुबान नियन्त्रणका लागि काम नभए आफू संसदमै अनशन बस्ने जानकारी गराए ।
यस्तै हितबहादुर तामाङले नुवाकोट ककनी–२ का श्रीराम ढकाल काठमाडौंको न्युरोडमा कृषि क्षेत्रसँग सम्बन्धित् माग राखेर अनशन बसिरहेको जानकारी गराए ।