काठमाडौँ । गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि मंगलबार आह्वान गरेका हुन् । यसका लागि उनले तीन दिनको समय दिएका छन् ।
मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि मंगलबार प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ अपरान्ह ४ बजेसम्मको समय दिएका हुन् ।
प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । उक्त आह्वानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्नसक्ने व्यक्तिले मुख्यमन्त्रीमा दाबी गर्न सक्नेछन् ।