राष्ट्रपति पौडेल आजै राति स्वदेश फर्किने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर आज स्वदेश फर्किने भएका छन् ।

राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयको प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’‘। उहाँको विभिन्‍नि विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।’

प्रतिक्रिया दिनुहोस्