काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।
प्रेस सेन्टरले चितवनमा आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका हुन्।
तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्। सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रचण्डको भनाइ छ।
रविले आइतबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका थिए । त्यस क्रममा उनले पहिले पाएका मन्त्रालय पाउनुपर्ने, न्यूनतम साझा कार्यक्रमबाट हटाइएको भ्रष्टाचारको फाइल खोल्ने बुँदा समेट्नुपर्ने र स्थिर सरकार हुनुपर्ने सर्त अघि सारेका थिए।