एसिया कपमा पुग्न युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य



काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको युएई ३३.१ ओभरमा ११७ रन बनाएर अल आउट भएको हो ।

सोमबार वर्षाले खेल रोकिएपछि आज सुरु भएको खेलमा युएईले केवल ११ रन जोडेर आफ्नो अन्तिम विकेट गुमाएको थियो ।

युएईका ब्याट्सम्यान जुनैद सिद्दिकीले १०, आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिएका छन् । ललितले ७.१ ओभरमा २ मेडनसहित १४ रन दिटर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका छन् ।

अब नेपालले केहीबेरमा ११८ रनको लक्ष्य पछाउँदै जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्