काठमाडौँ । संघीय संसदको अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाको चौथो र प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हो ।
प्रनिधिसभाको अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै केही सांसदहरुले बोल्न उठेर समय माग गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अधिवेशन सुरु भएको जानकारीपछि समय दिने बताए । यसपछि सांसदहरु बसेका थिए ।
संघीय संसद भवनमा दुवै सदनको अधिवेशन सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्न्द्र पौडेलको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो ।