काठमाडौँ । संसद बैठकमा सांसदहरुले भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्नुपर्ने माग गरेका छन् ।
संसद अधिवेशनको बैठकमा सांसदद्वय प्रेम सुवाल र अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएका हुन् ।
हालसम्म देशमा भएका र समाचारमा आएका भ्रष्टाचारका प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरुले माग गरे ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएका ठगीसहितका भ्रष्टाचारका प्रकरण छानबिन गर्न उनीहरुले माग गरे ।