राप्रपा केन्द्रीय समिति बैठक जेठ १ देखि काठमाडौंमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जेठ १, २ र ३ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना पेश गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्